हजुरबा को श्राद्दे र पंडीत बा को तरुनी गफ
॰॰॰॰॰॰
सोह्र श्राद्द ताका हाम्रा बा को उमेरका प्राय: मान्छेहरुको टाउको मुडुलो हुन्थ्यो । भर्खर खौरेको कपाल चिल्लो भएर टल्केको हुन्थ्यो । एक वित्ता जती लामो टुप्पीलाई सिक्का पारेर गाँठो पारिएको हुन्थ्यो । फुपाजु नभएकोले भान्दाई मुडुलै आउने, गोताम्बारी माईला बा पनि मुडुलै, पंडीतबा पनि मुडुलै हुने त्यसमाथी बाट पंडीतबा को तालु बढी नै खुईलीएको थियो । हाम्रो घरको श्राद्दे एक कीसीमको मुडुला हरुको बैठक जस्तो लाग्दथ्यो मलाई ।
॰॰॰॰॰॰
श्राद्द सकीने बेलामा गहुँत ल्याउन परो भनेर पंडीत बा ले कराउथे । हामी हातमा बोहतो या बटुको बोकेर दौडदै मालीगाईको पछाडी पुगेर "मुती मुती गाई साउनाँ ब्याई जुरे बाच्छो पाई" गरेर फलाक्थ्यौं । गाईले पनि एकैछीनमा कुरा बुजेझैं गरेर गहुँत दिन्थ्यो तररर पारेर बोहोतो भरीएर हात गोडा सबै भिजुन्जेल । हामी गहुतको बटुको समातेर हुरुरु दगुर्थेंउ। त्यत्तीकैमा जुठेल्ना बाट आमाको आवाज आउथ्यो। 'बाबु सुस्त दगुर मुखअ भर मुन्टिएलास फेरी'.. ।
॰॰॰॰॰॰
टिको टालो संगै श्राद्दको समापन हुन्थ्यो । बा ले दिदी हरुलाई पंडीत बा लाई र भान्दाई हरुलाई दक्षिणा दिनुहुन्थ्यो । मैले पनि यौडो रुप्पे सम्म पाए हुनी भनेर आश लाग्थ्यो । मैले दिदीको हातको रुप्पे हेरेर घुटुक्क थुक निल्थें । आमा नेर गएर सुनाम झैं लाग्थ्यो। तर आज भान्छामा मासको दाल पाकेको दिन । भान्छमा आमा नजीक जान पाईन्नथ्यो। दैलो बाटै टुलुटुलु हेरीरहेको मलाई देख्नेवित्तीकै आमाले कुरा बुझ्थीन । कहिले दिईहाल्थीन एक रुप्पे कहिले छोरा हर्लाई हैन दक्षिणा आश गर्न हुन्न भनेर सम्झाउथीन । म भने दिदीले कहा राख्छे दक्षिणा र जिप्ट्याम्ला भनेर पछी लागीरहन्थें।
॰॰॰॰॰॰
श्राद्द सकीएपछी बा पिण्ड सेलाउन पँधेरा तिर जानुहुन्थ्यो । घरमा गाईको बाच्छी पालेको बेला चाही बाच्छी लाई खुवाएपनि हुन्छ भनेर गोठ बाटै फर्कनुहुन्थ्यो बा । अनी घरमा खानपिनको क्रम सुरु हुन्थ्यो। पंडीत बा स्वपाक्य भोजन मात्र गर्ने भएकोले छुट्टै चुल्होमा भान्छाको ब्यवस्था हुन्थ्यो। खासगरी तरकारी अरुले पकाएको पनि चल्ने भएकोले भात मात्र पकाउथे पंडीत बा । पंडीत लाई खाने ब्यवस्था मिलाएपछी बा लगायत भान्दाई हरुले खाना खानुहुन्थ्यो अनी मात्र मेरो पालो आउथ्यो। त्यतीन्जेल म झ्याल बाट बा ले भात मुछेर सरप सरप आवाज निकाल्दै खादै गरेको हेरीरहन्थें।
॰॰॰॰॰॰
खानपिन सकीएपछी बा र बा का साथी हरु गफगाफ गर्न सुरु गर्थे । आँगनको डिलमा गुन्द्री काम्लो विच्छ्याएको हुन्थ्यो । फराकीलो ठाममा बसेर गोतामबारी माईलाबाले पंडीत बा संग छड्के कुरा गर्दथे । पंडीत एकादशीमा भैंसीले साहा जान खोज्यो भने त नयाँघरे लाई बोलाईदिन हुन्न होला। पाप लाग्छ होला है भनेर गोतामबारी माल्बाले सोद्थे। नयाँघरे जेठा दाई राँगो पाल्थे त्यो मलाई थाहा थियो। तर एकादशीमा तिनलाई बोलाउदा पाप किन लाग्नेहो बुझ्दिनथें मैले । के भनेको होला त्यस्तो भनेर म ट्वाल्ल परेर कुरा सुनिरहन्थें । एकादशी राम्रो साईत हो माईला, मान्छेले खोजेपनि लगाए हुन्छ पाप लाग्दैन । त्यो धर्मको काम हो । भनेर हललल हास्थे माल्बा अनी पंडीत बा हरु । म अहिले आएर मात्र बा का गफको सार बुझ्ने भएको छु ।
॰॰॰॰॰
गोताम्बारी माल्बाको धन्सार थियो सिम्ले मुनीको फाँटमा । त्यो धनसार अहिले पनि होला । म घर नगएको धेरै वर्ष भईसक्यो । बा हरु त्यो धन्सारमा सेल रोटी पकाएको कुरा गर्थे । तर रातै हुनेगरी तेलमा खरिएको सेल कराही बाट निकाल्ने बेलामा झिर सानो भएको र रोटी डढेर झुरुम झुरुम खानमिल्ने भएको कुरा आपसमा कानेखुसी गरेर सुनाउथे । ति गफ गर्दा तिनीहरुको आखामा वेग्लै चमक हुन्थ्यो । खासगरी आमा हरुले नसुनुन भनेर आमा गोठ तिर अथवा पधेंरा तिर भएको वेला त्यस्ता खाले गफ लगाउथे ।
॰॰॰॰॰॰
पंडितबा ले थप्थे, हेर माईला यौफेर तो दाउन्ने पानीको कुवा सफा गर्न गा'को म साँझ हुने वेलाँ पुगें । दिनभरी घरको मेलो गरेर गा'को त्याँ पुगेर यसो काम गर्नपरो भनेर सुरुगर्छु त कोदालो धार कामै नलाग्नी भा'रैछ । मैले भोली गर्नुपर्ला भनेर थाँती राखेर फर्कीएँ..! फेरी हाँसो को फोहरा छुट्थ्यो पुरै ठुलाबारी थर्कने गरेर ..।
॰॰॰॰॰
पछी अली ठुलो भएपछी गोताम्बारी माल्बाको धन्सारमा हामी पनि धेरै लुकामारी खेल्यौं । दाउन्नेपानीमा यौटा पानीको धारो त थियो त्यहा कुवा कहिल्यै देखीन मैले । बरु दाउन्नेपानीको धारो माथी यौटा नेपानेको घर थियो र त्यहा हाम्रा बा हरुकै उमेरका दुईटा आमै हरु थिए । नेपान्बा पहिल्यै वितेका हुन रे । सुन्तलाका बोट थिए तिनीहरुकोमा। म सिजनमा त्यहा पुग्दा नेपान्आमैले पोल्टा भरी सुन्तला ल्याएर दिन्थीन र भन्थिन बाटोमा नखाएस । लगेर बा लाई दिएस । सधैं दुईटा पोकामा सुन्तला थमाउथीन आमैले। यौटा पोको पंडीत बा लाई पुर्याईदिएस भनेर संझाउथीन । म लगेर दिन्थें पंडीतको घरमा । पछी बा हरु गफीदा त्यो कोशेलीको प्रसंग उठाउथे र मुखामुख गरेर मुसुमुसु हास्थे ।
॰॰॰॰॰॰
समय वित्दै गयो । म ठुलो हुदै गएँ । घरमा श्राद्दे त नियमीत जसो हुन्थ्यो तर श्राद्दमा आउने पाहुना फेरीएका थिए । भान्दाई हरु आउन छाड्नुभएको थियो । पछी गोताम्बारी माल्बा वित्नुभो । माल्बा वित्दा पंडीतबा र हाम्रा बा निकै वेर सम्म रोएको मैले देखेको हुँ । अनी केही वर्ष पछाडी पंडीत बा पनि बित्नुभयो अरे भन्ने सम्चार सुनें । पंडीत बा वितेपछी हाम्रा पुरेत पनि फेरीए होलान । अचेल श्राद्दे गराउन कुन पंडीत बोलाउनुहुन्छ बा ले मैले अहिले सम्म सोध्न भ्याएको रहेनछु। पछुतो लाग्यो मलाई । कमसेकम हाम्रो पुरेत को छ अहिले त्यती त जानीराख्नुपर्ने हो मैले । आफ्नै लापरवाही हो मेरो । म पछुतोमा परें आज । म निकै लामो समय देखी श्राद्दे हुँदा घरमा हुन पाईन । अचेल कस्ता गफगाफ हुन्थे होला बा हरुका । कुन विषयमा कुरा गरेर हलल खित्का छोडेर हास्थे होलान बा हरु ...! सबै एकादेश को कथा भएर रहे मेरा लागी ।
~दुर्गा पंगेनी ।

कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें