ब्राम्हण समाज भित्र जातीय भेदभावको बिकराल रुप ।
हामी बाहुन भित्र को अचम्म लाग्दो जातीय (भातीय) विभेद को बारेमा अलिकति पढौं है :
हामी हरु जातीय विभेद र विभेद बाट उन्मुक्ति का धेरै कथा हरु पढ्छौं पत्र पत्रिका हरुमा । सामान्यतया जातीय विभेद जहिले पनि दलित र गैह्र दलित बिचमा हुने गरेको छ भनेर हामी हरु बुझ्दै आइरहेका छौं । दलीत र गैह्र दलित को बिचमा मात्र नभएर दलीत दलीत बिचमा र ब्राम्हण ब्राम्हण बिचमा समेत जातीय विभेद रहेको कुरा समेत समाजमा देख्न सकिन्छ । यो बिबाद ले त्यति साह्रो उग्र रुप लिदैन किन कि त्यो विभेद लाइ समाजले एउटा निश्चित नियममा हिडाएको छ अर्थात त्यो विभेद उही वर्ग ले उही वर्ग लाइ गर्ने बिबाद भएको कारण भित्र भित्र त्यस्ता विभेद हरु भएपनि सतह सम्म आइपुग्दैनन । जस्तै छोई छिटो दलित दलित को बिचमा पनि हुन्छ त्यो कुरा घोर अन्याय को रुप धारण गरेर सतह सम्म आइ पुग्दैन । त्यस्तै गरेर जातीय विभेद ब्राम्हण ब्राम्हण बिचमा पनि हुने गरेको छ त्यो कुरा पनि सामाजीकबहसको बिषय कहिल्यै बन्दैन ।
बाहुन भित्रका जातीय विभेद :
बाहुन मुख्यतया तिन किसिम का हुन्छन – उपाध्याय, ज्योतिषी (जैशी) र कुमाई ।
उपाध्याय : उपाध्याय हरु आफु लाइ सर्बोत्कृष्ट ब्राम्हण ठान्दछन किन कि अलिकति उच निच काम गर्यो कुनै उपाध्याय ले भने उ सिधा जैशीमा झर्ने निश्चित हुन्छ ।
कुन आधारमा उपाध्याय जैशिमा झर्छ त ? कुरा साधारण छ – जैशी खानदान कि युवती संग बिहे गरेमा । बिधवा बिहे गरेमा अथवा अर्का कि सधवा श्रीमती बिहे गरेमा एउटा उपाध्याय सोझै जैसी बाहुनमा झर्ने छ ! यसरि यसरि उपाध्यय बाट जैसी हुनु लाइ जातिच्युत हुनु भनिदैन यो “भातिच्युत” हुनु हो । भान्छा छुन नपाउनु, उसले पकाएको दाल भात लगायत खान्की नचल्नु ईत्यादी “झर्नु” का सजाय हुन् तर त्यसरी झरेका हरुलाई घर बाट निकालीदैन । हाडनाता मा बापत लागेको खण्ड मा सात डाँडा कटाउने पुरानो प्रचलन छ ।
ज्योतिषी (जैशी) : ब्राम्हण भित्र को सबै भन्दा फैलिदो अबस्थामा रहेको समुदाय भनेको जैशी समुदाय हो । जसै प्रेम बिबाहको प्रचलन बढ्दै गयो त्यहि समय देखि जैशी हरुको तादाद पनि लगातार बढिरहेको छ । जैसी हरु पनि “भातिच्युत” भएर क्षेत्रि हुने सम्भावना रहन्छ तर त्यसो हुन लाइ क्षेत्रिय या वैश्य बर्णमा बिबाह गरेको हुनु पर्दछ । नत्र जतिसुकै पटक बिहे गरेपनि बिधवा या अर्काकी श्रीमती बिहे गरेपनि जैशी जैशी नै रहन्छ । बरु जैशी भित्र पनि विभिन्न “उपभात” हरु हुन्छन । हरेक पटक को गल्ति संगै एउटा जैशी आफ्नै समुदायको “उपभात” मा घटुवा हुदै जान्छ ।
जैशी मा सबै भन्दा माथि “पुराना जैशी” भन्ने हरु हुन्छन जसलाई “भागवत वाचन” गर्ने देखि लिएर चौकीमा गणपति बस्ने सम्मका अधिकार प्राप्त हुन्छन । त्यस्ता पुराना जैशी हरु स्याङ्गजा, पाल्पा, पर्वत,कास्की र तनहुँ तिर पाइन्छन । ति पुराना जैशी हरुले आफुलाई उपाध्याय कै हाराहारीको ब्राम्हण भएको बताउछन । उनीहरु उपाध्याय हरु संग बिहेबारी गर्दैनन् किन कि उपाध्याय कि छोरी ल्याए पछी स्वतः भात एक स्टेप घटेर उनीहरु “नया जैशी” हुन्छन । नया जैशी हुनु भनेको पुराना जैशी ले छोरी नदिनु, भागवत पाठ गर्न नपाउनु, गणपति बस्न नपाउनु र पुराना जैशी को हाराहारीमा भान्छा मा संगै बसेर भोजन गर्न नपाउनु हो तसर्थ पनि पुराना जैशी ले हत्तपत्ति उपाध्याय कि छोरी संग बिहे गर्दैनन् । पुरानो जैशी लाइ पुरानै जैशी चाहिन्छ । न उपाध्याय चल्छ न नया जैशी चल्छ । बिहे गराउन निकै कठिन र गाह्रो छ पुराना जैशी लाइ । उपाध्याय जस्तै यो पुरानो जैशी भन्ने “भात” पनि एकदम घट्दो क्रममा रहेको देख्न सकिन्छ ।
बिचका जैशी : बिचका जैशी भन्नाले, ल्याईता का सन्तान पनि होइनन, बिधवा का सन्तति पनि होइनन तर पुराना जैशी पनि होइनन – तिनी हरु ले सधै पुरानो जैशी कि छोरी बिहे गर्न र पुरानो जैशी को छोरा लाइ छोरी दिने प्रयत्न गरि रहेका हुन्छन । कतै एक ठाउमा त्यसरी बिहे गर्न सकियो भने त्यहि नाता लाइ आधार बनाएर आफु पुरानो जैशी भएको प्रमाण पेश गर्न पाइन्छ भन्ने आशा ले आफु पुरानो जैशी हुने उक्ति सोचिरहन्छन तर उनीहरु कसरि बिचका जैशी भएका हुन भन्ने खास प्रमाण भेटिन्न । कतै तल्लो भात मा बिहे गरेको रहेछ झुक्किएर भने त्यो फेला पर्न सक्छ नत्र उनीहरुको “भातको स्तर” भनेको किम्बदन्ती ले तय गर्ने कुरा हो । नौ पुस्ता अगाडी को कुनै बाजे लाइ छिमेकी बज्यै संग लसपस गरेको हल्ला चलेको रहेछ तर प्रमाणित भएको रहेनछ भने तिनी बाजेका सन्तान हरु “बिचका जैशी” भएर रहन्छन । हल्लाले मात्र “भातिच्युत” हुनुपरेको पिडा बिचका जैसी हरुले बिहे ईतर का समयमा निकै भोग्नु परेको देख्न पाइन्छ ।
बिचका जैशी पछाडी बिधवा बिहे गरेर जन्मेका सन्तति हरुको नया जैशिको रुपमा स्थान सुरक्षित् गरिएको हुन्छ । सधवा स्त्रीको दोश्रो बिहे गरेर जन्मेका सन्तान लाइ भन्दा बिधवा बिहेले पछी जन्मेका सन्तानको “भात”ले माथिल्लो स्थान पाएको छ जैशी समाज मा ।बिधवा विबहा बाध्यता हो भने सधावाको दोश्रो बिबाह चरित्र संग जोडिएको कुरा हो भन्ने मान्यता रही आएको देख्न सकिन्छ । जस्तै बिधवा स्त्री र कुमार केटाको सम्बन्ध बाट सुरु भएको “भात” हो भने त्यहा स्त्रीको चरित्र मा खोट लगाईदैन, बिधवा बिदुर को कुरा हो भने पनि एकै कुरा हो तर सधवा स्त्रीले एक लोग्ने छाडेर अर्को संग गएपछि सुरु भएका जैसी हरुको भात अलि तल्लो स्तर को नै मानिन्छ त्यसैले पुरानो जैसी भात र बिचको जैशी भात मुनिको तेश्रो स्थान बिधवा बिहे बाट सुरु भएको बाट को लागि सुराक्षित् गरिन्छ तर बिधवा स्त्री एक पटक बिहे गरि सधवा भैसकेर फेरी तेश्रो स्थानमा बिहे गरि तेश्रो पुरुष संग जन्मेका सन्तान को हकमा उनीहरु ले यो स्थान पाउदैनन ।उनीहरु सधवा ल्याइता भन्दा तलका जैशी हुन्छन ।
ल्याईते पट्टिका जैशी : ल्याईते समुहमा पनि ब्यापक बिबिधता रहेको पाइन्छ, ल्याईते भित्र पनि बिहे नगरेको कुमार केटाले अर्काकी श्रीमती ल्याएर जन्मेका सन्तान हरु ल्याईते समुहको शिर्षस्थानमा रहन्छन त्यसपछि क्रमश बिबाहित पुरुषले बिबाहित स्त्री ल्याउनु, अथवा पटक पटक पुरुष फेरेकी स्त्री लगायत हरेक पटकका सामाजीक दोषका आधारमा तिनी हरुको भात निर्क्यौल हुने गरेको छ ।
अचम्म को कुरा त के छ भने जैशी बाहुन को यौटै घर भित्र पुरानो जैशी, बिचका जैशी,नया जैशी,ल्याइते, ब्याईते सबै किशिम का जैशी हरु भेट्न सकिन्छ । यौटै मान्छेका सन्तान जेठी श्रीमती तर्फ बाट जन्मेको पुरानो जैशी, माईली तिरका बिचका जैशी, कान्छी तिरका नया जैशी र ब्याईते ल्याईते समेत समेटिन सक्ने बिशिष्ट खुबी सहितको हुन्छ जैशी परिवार । जहा बुढा हरु आफ्नै श्रीमतीले पकाएको समेत खादैनन, भान्छा अलग अलग हुन्च । यदि भान्छ यौटै रहेछ भनेपनि पकाउने खाने समय फरक फरक हुन्छ ।
जैशी बाहुन का अरु पनि धेरै हाँगाबिँगा हरु रहेका हुन्छन त्यसलाई अझै मिहिन रुपमा केलाउनु जरुरि देखिन्छ ।
र अन्तिममा रहेको कुमाई बाहुन भनेको कतै बाट भातिच्युत नहुने, जो संग बिबाह गर्न पनि मिल्ने र उपाध्याय हौँ भनेर दावी गर्न पनि मिल्ने भएको कारण कुमाई बाहुन हरु “ओ पोजेटिभ” समुह मा पर्दछन भनेर व्यङ्ग्य पनि गर्ने गरिएको देख्न पाइन्छ ।

कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें