विदेश

अपडेट

क्यान्सर पिडित रमेश के.सी को उपचारको लागि सहयोगको अपिल


भनिन्छ नि दीन लागोस तर दशा नलागोस दीन र दशा एकैपटक आइलाग्दा कस्तो हुन्छ होला कल्पना गर्न सम्म डर लाग्छ । यस्तै माण्डवी गाउँपालिका वाड न.२ ढिकाबन प्युठान निवासी १३ वर्षीय बालक रमेश के.सी विगत एकवर्ष देखि घाटीको क्यान्सरबाट हस्पिटलको बेडमा जीवन र मिर्त्यु सँग लडिरहेका छन ।

उनी न त बाबाको मायां पाएको छन न त आमाको । आमा अर्कै सँग विवाह गरी गएको र बाबाले पनि अर्को श्रीमती लिएर भारतमा बेपत्ता हूदा पीडितको हजुरबुवाको काधमा सम्पुर्ण जिम्मेवारी रहेको छ । बिमारी बालक बुबाले अर्कै महिला संग बिवाह गरि घर बाहिर रहेको र आज सम्म सम्पर्कमा न आएको बुझिन आएको छ । बिमारी छोराको हालखवर सोध्न समेत फोन नगरेको र उपचारमा बाबुले कुनै सहयोग गरेका छैनन् ।  

अहिले सम्म निजको आफन्तीले ऋण धन गरी जसो तसो उन्को जीवनलाई बचाइरहेको जानकारी आएको छ । अहिले सम्म बाजे रिख बहादुर छेत्री र बज्यै सावित्र छेत्रीले जसो तसो उपचार गराईरहेका छन् । उनीहरुको आर्थिक अवस्था एकदमै दयनीय रहेको कारण सहयोग को अपिल गर्नु परेको कुरा सहयोगी मध्यका श्रीष्टि जीएम र आशा ओलीले बताए ।

आर्थिक हिसाबले पनि अलिक कम्जोर परिवार भ्एको ले त्यो वालकको जीवनदानको लागि पीडित पक्षले सहयोगको याचना गरिरहेका छन । त्यसैले सेवा नै धर्म हो भन्छन जति सक्छौ एकदिनको खाजा खर्च कटाएर भए पनि त्यो बाबुको जीवन दान गरिदिनुहुन अनुरोध छ । इच्छुक सहयोगी मनहरुले तल रहेको फेसबुकमा इनबक्स गर्नु सक्नुहुन्छ अथवा त्यहा रहेको फोन नम्बरमा सोझै सम्पर्क गर्न सक्नुहुन्छ  ।

सहयोग गर्न ईच्छुक सहयोगीहरुले रमेश केसी को  प्रभु  बैंक मा रहेको बिमारीको दिदि कालिका छेत्री नामको खाता नं -०१७१०७०१२४२७१८०००००१ मा सोझै जम्मा गरिदिनुहुन समेत अनुरोध गरिएको छ


कोई टिप्पणी नहीं