विदेश

अपडेट

शंखेकिराले खोस्यो फेरी दुई जिन्दगी।

 लिस्बन, अप्रिल ७, २०२४,

पोर्चुगलको राजधानी लिस्बन नजिकै रहेको मोन्तेजो टापु को समुद्री किनारमा  समुद्र किनारमा पाइने शंखेकिरा (घोगी) बेरोजगार युवाहरूको अमदानिको श्रोत हो।कोही रहरले नै घोगी टिप्न गएका हुन्छन् भने कोही  लामो समयसम्म अन्य जागिर नभेटे पछि उक्त काममा गएका हुन्छन्।  

भुईँ खन्ने साधन देखि घोगी राख्ने झोला सम्मको जोहो गरेर सामुद्रिक छाल नजिकै हिलोमा गाडिँदै छालहरूलाई छल्दै पाँगो माटोलाई खोस्रँदै किरा टिप्दै जम्मा गरेर बेच्नु निकै मेहनतको काम मानिन्छ।  कर को दायरा बात बाहिर रहेको कारण त्यहाँ आम्दानी भने राम्रो रहेको कुरा जानकारहरू बताउँछन्।  

तर अहिले भने त्यही समुद्रको किनार बाट अर्को दुखको खबर आइपुगेको छ।   उज्जल  भविष्यको खोजीमा पोर्तुगल आइपुगेका दुई नेपाली युवाको त्यही स्थानमा असामयिक निधन भएको छ। उनीहरू शंखेकिरा टिप्दै समुद्रको धेरै नजिक पुगेको र अचानक छाल आई उनीहरूलाई बगाएको कुरा स्थानीय नेपाली सामाजिक अगुवाहरूले सूचना बनाएर प्रसारण गरिरहेका छन्।  



कोई टिप्पणी नहीं