तपाईँ पोर्चुगलमा बस्नुहुन्छ, IRS भर्नको लागि तल उल्लेखित तरिका अपनाउनु होला।
तपाईँ पोर्चुगलमा बस्नुहुन्छ, यहाँ काम गरेर आय आर्जन गरिरहनु भएको छ भने अब आइआरएस (IRS) भर्ने समय भएको छ। गत आर्थिक वर्ष (2023) को आइआरएस भर्नको लागि तल उल्लेखित तरिका अपनाउनु होला।
१) गुगलक्रोम वा कुनै ब्राउजरमा पोर्टल फिनान्स खोल्नुहोस् (https://www.portaldasfinancas.gov.pt/at/html/index.html )
३ ) फिनान्स नम्बर र पासवर्ड राखी लग इन गर्नु।
४) यहाँ अब सर्च बक्समा irs लेखि सर्च गर्नु वा सिधै irs / automatic irs लेखेकोमा थिच्नुहोस् ।
५) गत वर्षकै ऐजन ऐजन छ (जस्तो कि परिवारका सदस्य थपघट भएको छैन २०२३ मा भने) automatic मा क्लिक गरिदिनु सिधै हुन्छ । यहाँ तलको केही गर्नु पर्दैन । आफै अटोमेटिक हुन्छ ।
तर,
६) गत वर्ष भन्दा २०२३ मा हाल परिवार आउनु भएको छ , परिवारमा नयाँ सदस्यको आगमन भएको छ भने वा पहिलो पटक भर्दा वा जसले पनि entrega declaracao model 3 मा थिच्नुहोस् ।
७) अब पहिलो न कै preenchar declaracao थिच्नु
८)escola o ano/ year मा २०२३ सेलेक्ट गर्नु
९)अब पहिलो गोलो ( obtain pre filled declaration/ obrencao de uma declaracao pre- preenchida )मा क्लिक गर्नु ।यसैको तल साल/ year/ano 2023 आफै लेखेर आउँछ , यसको तल passive A मा आफ्नो फिनान्स न राख्नु ।श्रीमान् वा श्रीमतीको सँगै जोड्ने भए A को मुनी opcao pela conjunto लेखेको बक्समा टिक गर्दिनु र B मा जीवनसाथीको फिनान्स न राख्नु । B मा उहाँको फिनान्स न राखेपछि Authentic गरी उहाँको नि फिनान्स पासवर्ड राख्ने ठाउँ आउँछ आफै त्यो राखी Authenticate गर्दिनु ।
१०)अब १ देखि १३ सम्मको लिस्ट देखिन्छ यहाँ १/२/३ केही गर्नु पर्दैन ४ मा विवाहित / सिङ्गल त्यो टिक गर्नु ।नेपाल परिवार भए पनि फिनान्स न नबनिसकेको परिवार आइआरएसमा सिगंल मानिन्छ ।
११)अब ६ मा बच्चा बच्ची डिपेण्डेण्टमा राख्नु ।बच्चा बच्चीको फिनान्स न राख्नुपर्छ ।
१२)यसपछि ८ मा जानु यहाँ तपाइको फिनान्समा ठेगाना कहाँ छ, मदेरा, अजोर्स वा कन्तीनेन्त भनेको फारो देखि ब्रागान्सा सबै पर्छ त्यहाँ क्लिक गर्नु ।
१३)यसपछि ९ मा खाता न चेक गर्नु नभए add गर्नु , फिर्ता आउने पैसा यही खातामा आउँछ ।
१४ ) nature of declaracao लेखेको १० मा क्लिक गरी १ st declaracao de ano क्लिक गर्नु ।
यही नै हो साधारण काम गर्ने सबैको अब Validar क्लिक गर्नु , अनि Simular / simulate क्लिक गर्नु यहाँ देखिन्छ फाइन तिर्नु पर्ने कि पैसा फिर्ता पाउने । payable भनी निलो अक्षर आए तिर्ने र receivable भनी हरियो आए फिर्ता पाउने हुन्छ ।
१५ अब अन्तिममा entregar गर्दिनु , फिनान्स पासवर्ड पुन राखी कन्फर्म गर्नु भरियो आइआरएस ।
कतिपय केसमा आफै annexo राख्नु पर्ने , व्यवसाय गर्नेको मापा रिपोर्ट अपडेट गर्नु पर्ने हुन्छ यी कुराहरू चाहिँ प्रोफेसनल सँग मात्र गराउनुहोला।
यो भन्दा सरल उपाय भ्लगर झपेन जङ्ग सुनाम जी को भिडियो हेरेर पनि भर्ना सक्नुहुन्छ।
धन्यवाद।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें